कोरोनाभाइरस रोकथाम तथा उपचार कोषमा बागमती प्रदेश सरकारले ४० करोड थप्ने 

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २३:२६
;

बागमती प्रदेश सरकारले १० करोड रकममा शुरु भएको प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ  । सोमबार मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोषमा ४० करोड रकम थप्ने निर्णय गरेको हो ।

बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुगेलले जानकारी दिएका छन् । कोषलाई बढाएर रु ५० करोड पुर्याएको हो । 

मन्त्री ढुंगेलका अनुसार बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल लगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*