हेटौंडामा रोकिएन मानिसको जमघट, काठमाडौबाट रौतहट हिडेरै 

हेटौडा न्युज
१७ चैत्र २०७६, सोमबार २३:५०
;

सरकारले कोरोना संक्रमणबाट जोगाउन चैत्र २५ गतेसम्म लकडाउन गरेको छ । यस अवधिमा अत्यावश्यक अवस्थाबहेक घर बाहिर ननिस्किन र समूहमा जमघट नगर्न निर्देश गरेको छ ।

""

सरकारको यस नियमलाई पालना गराउन स्थानीय प्रशासनले अनुरोधपनि गरेको छ । तर हेटौंडाका चौक, तरकारी बजार लगायतका स्थानमा भने साँझ परेपछि मानिसहरुको बाक्लो उपस्थिति देखिन छाडेको छैन ।

""

स्थानीय प्रशासनले तरकारी लगायत अत्यावश्यक सामान किनबेच हुने स्थानमा एक अकौको बीच दूरी कायम गर्न संकेतहरुको पनि व्यवस्था गरेको छ । तर पनि ती स्थानहरुमा यस नियमलाई स्थानीय जनताहरुले पालना गरेका छैनन् । 

""

त्यस्तै सरकारले गरेको लकडाउनका कारण सबै बन्द भएपछि काठमाडौंमा मजदूरी गर्ने मजदूरहरु हिडेरै आफ्नो घर तर्फ लागेका छन् ।

""

गत शनिबार काठमाडौंबाट रौतहट हिडेका करीब २ दर्जन मजदुरहरु आज सोमबार साँझ हेटौंडा आईपगेका छन् । 

""

उनीहरुका अनुसार आज बेलुकी बाराको पथलैयामा बास बस्ने बताएका थिए । हिडेर आएका उनीहरुको साथमा लत्ताकपडासहितको झोला, घरायसी प्रयोजनका सामानको भारी समेत बोकेका छन् ।

""

बाटोमा जङ्गल मै बास बसेका उनीहरुले ज्याला मजदुरी गर्ने सबै बन्द भएपछि हिडेरै भएपनि घर हिडेको बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*