कोरोनाको संक्रमणबाट ३७ हजारभन्दा बढीको मृत्यु

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १७:१३
;

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघेको छ । ७ लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या एकलाख १ हजार ७ सय नाघेको छ । पछिल्लो पटक म्यानमारमा कोरोनाले १ जनाको मृत्यु भएको छ । म्यानमारको यो पहिलो घटना हो ।

उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ६४ हजार नाघेको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । आजै मात्र थप ११ जनाको मृत्यु भएको हो ।स्पेनमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय नाघेको छ भने ७ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्रान्समा कोरोनाका कारण ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ४४ हजार ५ सयभन्दा बढी संक्रमित भएका छन् । जर्मनीमा करिव ६६ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने ६ सय ४५ जनाले ज्यान गुमाएका छन् ।

इरानमा २ हजार ७ सय ५० भन्दा बढीको कोरोनाका कारण मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ४१ हजार ५ सय नाघेको छ । कोरोनाका कारण बेलायतमा १ हजार ४ सय १५, नेदरल्याण्ड्समा ८ सय ६४ र बेल्जियममा ५ सय १३ जनाको मृत्यु भएको छ । विश्वभर १ लाख ६५ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*