सिमामा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन तरुण दलको निर्देशन 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १७:२४
;

नेपाल तरूण दलले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।  स्थानीय प्रशासनसँग अनुमति लिएर  जिल्ला स्थित कार्यकर्तालाई अलपत्र नेपालीहरुलाई नेपाल भित्तयाउन निर्देशन दिएको हो ।  

तरूणका जिल्ला अध्यक्षले सीमामा अलपत्र नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टाइनमा राख्ने सहयोग गर्न तरूण दलका अध्यक्ष जितजंग बस्नेतले परिपत्र गरेका हुन्।

‘नेपाल आउनका लागि हिँडेका नेपाली समुदायका मानिस लकडाउनका कारण देशभरिका विभिन्न सीमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका अध्यक्षले स्थानीय प्रशासनसँग समन्वय गर्ने,’ अध्यक्ष बस्नेतले मंगलबार पठाएको परिपत्रमा भनिएको छ ।

दार्चुला, रूपन्देहीलगायत ठाउँका सीमामा भारतबाट आएका नेपालीहरू नेपाल प्रवेश गर्न पाएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*