रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाईते 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १७:४३
;

रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ  भने २८ जना घाईते भएका छन् । खाँडादेवी– १ राकाथुममा मंगलबार बिहान भएको दुर्घटनामा  दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर–२ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु  जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाले जानकारी दिएका छन् । 

भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सय मिटर तल खसेको थियो । 

घाईते भएकाहरुको धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*