लकडाउनको अवज्ञा गरेको भन्दै दुई युवकमाथि निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी निलम्बित 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १७:५०
;

लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी निलम्बनमा परेका छन् ।  

सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्घात रुपमा कुटपिट गरेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।

आदेश विपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले  जानकारी दिएका छन् ।

लकडाउन उल्लङ्घन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकमा रहेको मुख्यालयले छानबिन सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*