मोटरसाईकल र एम्बुलेन्स एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु

बाँकेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहानको समयमा कोहलपुर नगरपालिका ११ न्यूरोडबाट बिरामी बोकेर नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८३४ नम्बरको एम्बुलेन्स र विपरित दिशातर्फ जादैँ गरेको से १ प ४८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोभा केसीको मृत्यु भएको छ ।
त्यस्तै एम्बुलेन्स चालक रामकुमार थारुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदीप चन्दले जनाएको छ ।