कोरोनाको संक्रमणबाट कुकुरको पनि मृत्यु 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १८:५७
;

विश्वभर महामारीको रुपमा फैलीरहेको भाइरसको संक्रमण कुकुरमा समेत भेटिएको छ । हङकङमा १७ वर्षको एक कुकुरमा पहिलोपटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

हङकङको एनिमल वेलफेयर अथोरिटीका अनुसार उक्त कुकुरको रगतबारे गरिएका परीक्षणको अन्तिम नतिजाले कोरोना भाइरस रहेको पुष्टि भएको हो ।

एग्रिकल्चर, फिसरिज एण्ड कन्जरर्भेसन डिपार्टमेन्ट ९एएफसीडी०का प्रवक्ताले यस किसिमको घटना असमान्य भएको बताएका छन् । किनकी, हङकङका अधिकांश जनावरमा कोरोना भाइरसको परीक्षण नेगेटिभ आएको थियो।

विस्तृत रुपमा गरिएको परीक्षणबाट कुकुर र बिरालोमा कोरोना भाइरसको संक्रमण त्यति सजिलै नहुने देखिएको एएफसीडीले जनाएको छ । साथै उनीहरुले अन्य जनावर तथा मानिसमा यो भाइरस सार्नसक्ने कुनै प्रमाण पनि नभेटिएको बताएका छन् ।

१७ वर्षको बेन्नी नाम गरेको उक्त कुकुर अहिले कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेको छ । फेब्रुअरी २६ देखि यो कुकुरलाई पनि क्वारेन्टाइनमा राखिएको थियो 
कोरोना भाइरसबाट निको भएर घर फर्केको तीनदिनपछि कुकुर मरेको बताइएको छ । द साउथ चाइना मर्निङ पोष्टमा उल्लेख गरिए अनुसार मेडिकल स्रोतले कुकुर मर्नुको कारण उसको उमेर र उसले सामना गरिरहेको अन्य बिरामी रहेको बताएका छन् ।

बेन्नीलाई क्वारेन्टाइनमा राख्दा मार्च ३ मा एएफसीडीले रगतको नमुना लिएको थियो । परीक्षणपछिको अन्तिम नतिजा पोजेटिभ पाइएको थियो । यो नतिजा गत बिहीबार एएफसीडीले सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*