कोरोना नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी बोर्डको तीन लाख

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १९:२५
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरेको छ । 

मंगलबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल लगायतको टोलीद्वारा रकम हस्तान्तरण गरिएको हो ।

बोर्ड र कर्मचारीको तर्फबाट सङ्कलित ३ लाख १९ रुपैयाँ सहयोग गरेको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*