मानसिक समस्या भएका व्याक्तिद्वारा प्रहरीमाथि चक्कु प्रहार
मानसिक समस्या भएका व्यक्तिले भक्तपुरको सूर्यविनायकमा खटिएका एक प्रहरी हवल्दारमाथि चक्कु प्रहार गरेका छन् । रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेको महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जनाएको छ ।
मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु प्रहार गरेका हुन् ।
दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।