डढेलो निभाउने क्रममा  वन रक्षकसहित १९ जनाको मृत्यु 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २०:३४
;

चीनको दक्षिणपश्चिम क्षेत्रस्थित जंगलमा लागेको डढेलो निभाउने क्रममा १९ जनाको मृत्यु भएको छ ।

तीमध्ये १८ जना अग्निनियन्त्रक र एकजना वन रक्षक भएको बताइएको छ । स्थानीय टेलिभिजनले समेत आगलागीको भिडिओ सार्वजनिक गरेको छ । सिचुआन प्रान्तको छिचांग सहरनजिकैको पहाडमा डढेलो लागेको हो ।

सथानीय टेलिभिजनले देखाएका भिडिओमा पहाडमाथिको आकासको रंग नै पहेँलो देखिएको छ । यहाँको आगलागीबाट उत्पन्न वायु प्रदुषणले कम्तिमा ७ लाख मानिसलाई असर पुग्ने बताइन्छ ।

आगो निभाउन १ सय ४० वटा अग्नि नियन्त्रक उपकरण, चार हेलिकप्टर र झण्डै ९ सय जना अग्निनियन्त्रक खटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । जम्मा गरी २ हजार भन्दा धेरै आपतकालिन कामदार उद्धारमा खटिएका छन् ।

आगलागीका कारण १ हजार २ सय भन्दा धेरै स्थानीयलाई विस्थापित गरिएको छ । गत अप्रिलमा यस्तै प्रकृतिको आगो निभाउने क्रममा २७ अग्नि नियन्त्रकको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*