हेटौंडाबाटै कोरोनाको परीक्षण बुधबारबाट शुरु गरीने
कोरोना परीक्षणका लागि अब नमुना काठमाडौं पठाउनु अवस्थाको अन्त हुने भएको छ । आउदो बुधबार (चैत १९ गते) बाट हेटौंडाबाटै कोरोनाको परीक्षण हुने भएको छ ।
हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबलाई व्यवस्थित गरी कोरोना भाइरसको परीक्षण गरीने भएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको अत्याधुनिक ल्याववाट वुधवारदेखि कोरोनाको परीक्षण गर्ननका लागि व्यवस्थापनकने काम भइरहेको छ ।
किटजन्य रोगको परीक्षको लागि यस अगाडिनै निमार्ण सम्पन्न भएको ल्यावलाइ थप व्यवस्थापन गरी कोरोनाको परीक्षण स्थलका रुपमा विकास गरिएको बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले वताएका छन् ।
मन्त्री दुलालका अनुसार हेटौंडाको उक्त प्रयोगशालाको लागि आवश्यक सुरक्षाको सामाग्री समेत वितरण गरिसकेको बताए ।
बागमती प्रदेशको लागि सुरक्षाका सामान काठमाडौंबाट आउने उनले बताए । अब कोरोना संक्रमणको आशंका गरीएका विरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि काठमाडौं पठाउनु नपर्ने र सङ्क्रमित पाइएमा हेटौंडामा नै उपचारका लागि व्यवस्था गरिने उनको भनाइ छ ।