मुख्यमन्त्री पौडेलको सम्बोधन साँझ पाँच बजे

१८ चैत्र २०७६, मंगलवार २१:४१
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उनले सम्बोधन गर्नुहुने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।रासस