नर्सलाई घरबाट निकाल्ने सचिव पक्राउ

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २१:५७
;

दाङको घोराहीका एक वडा सचिवले आफ्नो घरमा डेरा बस्दै आएकी नर्सलाई घरवाट निकालेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । 

डेराबाट नर्स निकाल्ने घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का आचार्यको घरमा बस्दै आएकी थिइन् । 

लक–डाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको सृजनाले बताइन । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*