एक आपसमा भौतिक दुरी कायम राख्न थाहानगरको आग्रह

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २२:५३
;

थाहा नगरपालिकाकाले अत्यावश्यकीय सामाग्री खरिदका लागि पसल तथा स्टोरहरुमा पुगेका ग्राहकरुले भौतिक दुरी कायम राख्न आग्रह गरेको छ । कोृरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर नगरपालिकाले खाद्यान्न तथा अत्यावशकीय वस्तु खरिद तथा बिक्री कार्य गर्दा एक आपसमा भौतिक दुरी कायम राख्न आग्रह गरेको हो ।
 
थाहा नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय बैठकले अत्यावश्यकीय सामाग्री खरिद तथा बिक्री गर्दा भौतिक दुरी राख्नुपर्ने निर्णय गरेको हो । नगरपालिकाले यसको अनुमगन समेत गरी निर्णयको बेवास्ता गरेको पाइएमा कारवाही समेत गर्ने बताएको छ । 

बिक्रेता र ग्राहकबीचको भौतिक दुरी कायम भए नभएको अनुगमन गर्ने अधिकार वडा समितिहरुलाई दिइएको सचिवालयको निर्णयमा उल्लेख छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*