थाहानगरले अलपत्र परेका ४० जनालाई गन्तव्यसम्म पठायो
थाहा नगरपालिकाले नगर क्षेत्रमा रोजगारीको शिलशिलामा अन्यत्रबाट आई अलपत्र परेका ४० जनालाई गन्तव्यमा पठाएको छ । थाहा नगरपालिका–६ बज्रवाराहीको इट्टाभट्टामा कार्यरत २१ जना र आग्रामा निर्माण कार्यमा खटिएका १८ जनालाई पर्सा तथा रुपन्देही जाने व्यवस्था मिलाएको थाहा नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्व्यमा उनीहरुलाई गन्तव्यसम्म पठाइएको नगर प्रमुख लवशेर विष्टले बताए ।
विष्टका अनुसार काठमाण्डौंबाट हिँडेर आएका ७६ वर्षीय रामप्रसाद पौडेललाई पनि गन्तव्यसम्म पठाइएको बताए । उनी चार दिन लगाएर काठमाण्डौंबाट थाहानगर आइपुगेका जनाएका छन् ।
थाहा नगरपालिकाले रोजगार वा अन्य शिलशिलामा थाहा नगरमा आई अलपत्र परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्वयमा घरसम्म पुग्नको लागि सिफारिस गर्दै आएको छ ।