कोरोनाको कारण इटलीमा एकैदिन ८ सय ३७ जनाको मृत्यु, २ हजार भन्दाबढीको मृत्यु

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार १८:१४
;

इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।

यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ । यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् ।

यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*