स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
१९ चैत्र २०७६, बुधबार १९:२४
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको आरोप लगाउँदै मन्त्री ढकालविरुद्ध अनलाईन उजुरी दिएका हुन् ।
प्रदेश सांसद पौड्यालले बुधबार अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका हुन् ।










