एम्बुलेनसको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु 

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार १९:२९
;

एम्बुलेन्सको ठक्‍करबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट इनरुवा ६ मधेशाकी महिला स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो । 

को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया श्रेष्ठलाई को १ च ९६०५ नम्बरको एम्बुलेन्सले ठक्‍कर दिँदा गम्भीर घाइते उनलाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

ठक्‍कर दिने एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*