लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपटि पुलमा ताला 

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार २०:२४
;

मानिसको आवतजावत रोक्नको लागि झोलुंगे पुलमा ताला लगाईएको छ । लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखाको भीमसेन थापा गाउँपालिका–८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो ।

भीमसेन थापा–८ का वडाध्यक्ष बासु थापाका अनुसार पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको उनले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*