कोरोनाको संकटकाबीच अमेरिकामा आगलागी हुदा चार जनाको मृत्यु

१९ चैत्र २०७६, बुधबार २०:३०
कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला अमेरिकाको न्युयोर्कमा आगलागी भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रंक्सस्थित एक अपार्टमेन्टमा आगलागी भएको हो ।
आगलागीमा ४ जना महिलाको मृत्यु भएको छ भने एक जना पुरुष घाइते भएका छन् ।
घाइतेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
आगलागी कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ ।