अस्पतालले भर्ना लिन नमानेपछि एक बिरामीको मृत्यु
अस्पतालले भर्ना लिन नमानेपछि उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।
विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए ।
अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ भण्टामै अस्पतालले मृत घोषणा गरेको हो ।
उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको छारी लक्ष्मीले बताइन् ।