लकडाउनको मौका छोप्दै मदिरा ओसारपसार गर्ने चौधरी पक्राउ
लकडाउनको मौका छोप्दै मदिरा ओसारपसार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ बेलडाँडीबाट आज विहान कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटाका पर्शुराम चौधरीलाई पक्राउ गरिएको हो ।
उनलाई म १ प ७११ नम्बरको मोटरसाईकलमा मदिरा ल्याउदै गरेको बेला नियन्त्रणमा लिइएको वडा अध्यक्ष बहादुर सिंह महराले जानकारी दिए । चौधरीबाट चार पेटी सोफी र एक पेटी ब्लु डाइमण्ड नामको मदिरा समेत बरामद गरिएको जनाएको छ ।
वडामा मदिरा ओसारपसार, बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाइएको छ।