कुवेतमा एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार २१:५४
;

कुवेतमा एक जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार उक्त कुरा पुष्टि गरेको हो ।

करिब ७० हजार नेपाली कार्यरत रहेको कुवेतमा पहिलोपटक नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुवेतमा २८ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। जसमध्ये एक जना नेपाली नागिरक रहेको बताइएको छ।

यससैगै कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३ सय १७ पुगेको मन्त्रालयले जनाएको छ। सङ्क्रमित नेपालीसहित सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*