मकवानपुरको मनहरीमा मोटरसाईकल दुर्घटना, एककोे मृत्यु, एक घाईते

मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोरङ सुन्दर हरैंचा नगरपालिका ४ बस्ने ३० बर्षीया बिनिता घिमिरेको मृत्यु भएको हो ।
उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जनाएको छ ।
चितवन तर्फबाट मोरङ तर्फ जाँदै गरेको ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल मनहरी गाँउपालिका–९ रजैया नजिक दुर्घटना हुँदा मोटरसाइकलमा घिमिरेको मृत्यु भएको हो । सोहि ठाँउका मोटरसाईकल चालक ३३ बर्षीय लिलामणि घिमिरे रहेको छ ।
उनको थप उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक राजेश कुमार यादवले जनाएको छ । दुबै जना श्रीमान श्रीमती भएको प्रहरीले जनाएको छ ।