सहारा र बाबा ग्यास उद्योगमाथि ठगी मुद्दा  

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार ००:२०
;

तोकिएको तौल भन्दा कम ग्यास भरिएको सिलिन्डर बजारमा बिक्रि वितरण गरेको आरोपमा साहारा र बाबा ग्यास उद्योग माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ठगी मुद्दा दायर गरीएको छ । उपभोक्ता हित संरक्षण मञ्चमकवानपुरले चितवनको बाबा ग्यास र मकवानपुरकै सहारा ग्यास उद्योगका सिलिण्डरमा तोकिएको तौल नभएको ग्यासका सिलिन्डर भेटिए पछि मुद्दा दायर गरीएको हो ।

ती ग्यास उद्योगहरुले बजारमा बिक्रीका लागि पठाएको आधा सिलिण्डर ग्यासमा ७ दशमलब १ किलो हुनु पर्नेमा ८ सय ३० ग्राम घटी भएको सिलिन्डर फेला परेको हो भने सहारा ग्यास उद्योगले पठाएको ग्यासमा १ सय ९५ ग्रामसम्म घटी फेला परेको हो ।

""

मञ्चले मुलुकी आचार संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ र उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ दफा १६.२ क विपरितको कसूर गरेको र यो सरासर कालाबजारी भएको भन्दै प्रशासन कार्यालयमा ठगी मुद्दा दायर गरेको हो ।

""

सरकारले कोरोना संक्रमणको समयमा लकडाउन गर्दा ग्यास आयातमा असहज हुने, र सर्वसाधारणलाई खाना पकाउने ग्यास पुगोस् भन्दै ग्यास उद्योगलाई आधा सिलिण्डर ग्यास बजार पठाउन निर्देशन गरेको थियो । सोहि निर्देशन अनुसार उद्योगहरुले प्रत्येक सिलिन्डरमा ७.२ किलोका दरले ग्यास भरेर गत चैत्र ११ गतेदेखि बजारमा ग्यास पठाएका थिए । 

यस सम्बन्धमा मञ्चले बजारमा उपभोक्ताहरु ठग्ने उद्योगहरुलाई कार्वाही हुनु पर्ने माग राख्दै आएको छ । कैफियत गर्ने उद्योगलाई कालो बजारी अन्तर्गत कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले प्रतिवद्धता जनाएका छन् ।

 ""

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले घटी तौल रहेका ग्यास सिलिण्डरहरुको बिक्री केन्द्र मै पुगी सरोकारवालाहरुको रोहबरमा मुचुल्का तयार गरी ग्यास सिलिण्डरहरु नियन्त्रणमा लिएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*