मोटरसाईकल नालीमा खस्दा एक जनाको मृत्यु
पोखरामा मोटरसाइकल नालीमा खस्दा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पोखरा २६ सुन्दरीबजारका ३८ वर्षीय निम राज पुनको मृत्यु भएको हो ।
ग ११ प ८२८१ नम्बरको मोटरसाइकल नालीमा खस्दा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले बिहीबार बिहान खबर गरेपछि प्रहरीले पुनको शव र मोटरसाइकल नालीबाट निकालेको थियो ।
मोटरसाइकलमा अरु सवार रहे वा नरहेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जनाएको छ ।