भारतको एक धार्मिकसभामा सहभागी भएको आशंकामा पर्साबाट ११ जना पक्राउ
भारतको एक धार्मिकसभामा सहभागी भएर फर्किएको आशंकामा पर्साबाट ११ जनालाई पक्राउ गरेको छ । भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन महत्वपुर्ण भूमिका खेलेको भनिएको सो सभामा गएकाहरुलाई पनि कडाइ गरिएको हो ।
बुधबार राति पर्साको पटेर्वासुगौली गाउँपालिका कन्चनवैरियास्थित मस्जिदबाट नियन्त्रणमा लिएका ११ जना सबै मुस्लिम नागरिक नै हुन् ।
उनीहरुलाई अहिले वीरगन्ज महानगरपालिकाको सिद्धार्थ मा।विमा अलग्गै क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताएका छन् ।