६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय गुरुङ पक्राउ

२० चैत्र २०७६, बिहीबार १८:४०
६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ओरोपमा पक्राउ गरेको हो ।
बुधबार साँझ प्रहरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।
यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।