राप्ती र नारायणी नदीमा तीन गोही मारेको अवस्थामा फेला

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १९:०३
;

चितवनको राप्ती र नारायणी नदीमा तीन गोही मारेको अवस्थामा फेला परेका छन् ।   नारायणी नदीमा बिनेखोला दोभान र लेडाघाट एवम् राप्ती नदीको सौराहा नजिक ढुग्रेखोलामा घडियाल गोही माछा मार्ने व्यक्तिहरुले मारेको अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहयाक संरक्षण अधिकृत बेदकुमार खड्काका अनुसार ‘गोही मार्नेहरुको पहिचान भएको छैन, खोजी कार्य जारी छ ।’ 
हरेक वर्ष राप्ती र नारायणीमा घडियाल गोही छाड्ने गरेको निकुञ्जले यहाँ माछा मार्न पनि प्रतिवन्ध लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*