लकडाउनको फईदा उठाउँदै लागुऔषध बेचबिखन गर्ने दुई जना पक्राउ

२० चैत्र २०७६, बिहीबार १९:१५
लकडाउनको समयमा लागुऔषध बेचबिखन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिव थापा र ईन्द्र गुरुङलाई पक्राउ गरेको हो ।
बुटवल उप–महानगरपालिका वडा नं.११ मा लागुऔषध बेच्दै गरेको अवस्थामा उनीहरुलाई अस्थायी प्रहरी चौकी देविनगरका प्रहरी निरक्षक रुम केसीको टोलीले गरेको हो ।
पक्राउ गरेका दुई जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाईएको अस्थायी प्रहरी चौकी देविनगरले जनाएको छ ।