लायन्स तथा लियो क्लबद्वारा राहत वितरण 

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २०:२१
;

हेटौंडमा क्रियाशिल लायन्स र लियो क्लवले हेटौंडाका विभिन्न ठाउँहरुमा राहत सामग्री  वितरण गरेका छन् । लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको एरिया २ अन्तर्गत पर्ने हेटांडाका लायन्स र लायन्स क्लब अन्र्तगतको युवा परियोजनाको रुपमा रहेको लियो क्लबहरुले हेटौंडा उपमहानगरपालिकाको वडा नंम्बर १, २, ३, ४, ५,११, १४, १६ र १९ मा राहत सामग्री वितरण गरेको हो भने केहि वडाहरुमा वितरण गर्न बाँकी रहेको कोरोना भाइरस सचेतना समितीका संयोजक सम्राट तुम्वाहाङ्फेले बताए ।  

""

क्लबले वडा भित्रका श्रमिक तथा विपन्न परिवारलाई आवश्यक्ताको आधारमा प्रति परिवार १० किलो चामल, २ किलो दाल, २ किलो आलु, आधा लिटर तेल, १ थान साबुन र केहि थान मास्क राहत स्वरुप वितरण गरेको हो । 

""

स्थानिय जनप्रतिनिधिको उपस्थितीमा लियो र लायन्स क्लवहरुले राहत वितरण गरेका हुन् । क्लबहरुले हिजो बुधबार हेटौंडा–१६ हटियाको १ सय घरमा राहत वितरण गरेको थियो भने आज बिहिबार अन्य वडाका २ सय ४५ घरमा राहत सामग्री वितरण गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका प्रथम भाइस गभर्नर लायन शम्भु नकर्मीले बताए ।

""

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणको लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो भने नेपाल सरकारको गत चैत १६ गतेको मन्त्रीपरिषद्को बैठकले लकडाउन थप ८ दिन लम्वाए पछि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका परिवारको दैनिकी केहि सहज बनाउने उद्देश्यका साथ राहत सामग्री सहित घरघरमा पुगेर वितरण गरीएको नकर्मीले बताए ।

""

हामी सेवामा गर्छौ भन्ने मुल नाराका साथ विशुद्ध सामाजिक कार्य गर्दै आएको लायन्स तथा लियो क्लबहरुको पहलमा यस अघि पनि हेटौंडा–४ मा रहेको श्रमिक माध्यमिक विद्यालयको आइसुलेसन कक्षका लागि आवश्यक पिपिइ सहित मेडिकल सामग्री सहयोग गरेको थियो ।

""

राहत सामाग्री वितरणका लागि नकर्मी, एरिया २ की एरिया को–चिफ लायन टाँसीडोल्मा तुम्वाहाम्फे लगायत लायन्स सदस्य तथा लियोहरुको सहभागिता रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*