कोरोना उपचार कोषमा नेपाल आयल निगमको ५० करोड

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २०:३०
;

नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ । संघिय सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निगमले ५० करोड रकम सहयोग गर्ने निर्णय गरेको हो ।

निगम संचालन समितिको बुधबार बसेको बैठकले उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको र सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

सहयोग रकम निगको विगत १५ दिनको तेल तथा ग्यास बेचेर कमाएको नाफा बराबर हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*