हेटौडाका सबै क्वारेन्टाइन र आइसोलेसन रित्तिए

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २१:३०
;

हेटौंडाको क्वारेन्टाइन र आइसोलेसन कक्ष खालि भएका छन् । कोरोनाको आशंकामा आएकाहरु क्वारेन्टाइन र आइसोलेसनमा राखिएका सबैलाई घर जान दिइएपछि सबै कक्षहरु खालि भएका हुन् ।

हेटौंडामा कोरोनाको आशंकामा ७ जना क्वारेन्टाइन र आइसोलेसनमा राखिएको थियो । हेटौंडामा हेटौंडा उपमहानगरपालिका–११ को हेटौंडा एकेडेमीमा रहेको क्वारेन्टाइनमा २, हेटौंडा–४ कर्रामा अवस्थित श्रमिक स्कुलमा रहेको आइसोलेसन कक्षमा ४ र १ जनालाई होम क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन तथा आसोलेसनमा राखिएका सबैको स्वास्थ्य अवस्थामा सुधार आएपछि सबैलाई घर पठाइएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत एवम् आइसोलेसन वार्ड इञ्चार्ज भोला प्रसाद चौलागाईका अनुसार क्वारेन्टाइन तथा आइसोलेसनमा भर्ना भएकाहरुको स्वास्थ्य अवस्था हेरेर सबैलाई बुधबार नै घर पठाए पछि क्वारेन्टाइन र आइसोलेसन रित्तो भएको बताए । क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएका ७ जना बिरामीहरु मध्ये ५ जनाको स्वाब जाँचका लागि काठमाडौं पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

विदेशबाट मकवानपुरमा ४ सय १ जना आएको र सबैलाई स्थानिय प्रशासनको निगरानिमा होम क्वारेन्टाइनमा चौलागाईले बताए । 

कोरोना संक्रमित वा शंकास्पद बिरामी फेला परेमा राख्नकालागि मकवानपुरमा जिल्लामा दुई सय ९४ सैयाको क्वारेन्टाइन, १ सय सैयाको आइसोलेसन र ४ सैयाको आइसीयु व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*