बागमती प्रदेशको कोरोना उपचार कोषमा गरिमा बैंकको ५ लाख सहयोग
गरिमा बिकास बैंकले बागमती प्रदेश सरकारलाई ५ लाख रुपैंया सहयोग गरेको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले ५ लाख रुपैंया सहयोग गरेको हो ।
बैंकका हेटौंडा शाखा प्रमुख पुष्कर ढकालले बिहिवार मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताए । उनले यसको लागि सर्वसाधारण, उद्योगी, ब्यापारी, बैंक तथा वित्तीय संस्थाहरुको साथ आवश्यक रहेको बताए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न तयारी तथा कामहरु गरीरहेको छ ।