बागमती प्रदेशको कोरोना उपचार कोषमा माछापुच्छ्रे बैंकको ५ लाख सहयोग 

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २२:१७
;

माछापुच्छ्रे बैंकले बागमती प्रदेश सरकारलाई ५ लाख रुपैंया सहयोग गरेको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले ५ लाख रुपैंया सहयोग गरेको हो ।

हेटौंडा–४ को अजरअमर रोडबाट बैकिङ् सेवा दिईरहेको बैंकले अहिलेको जटिल परिस्थितीबाट देश गुज्रिरहेकाले यो असहज परिस्थिको सामना गर्न सबै क्षेत्रको समान दाइत्व रहेकोले कोषमा सहयोग गरेको बैंकले जनाएको छ । 

बैंकले आज बिहिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरसको संक्रमण जोखिम नियन्त्रणका लागि संघिय सरकार र ७ वटै प्रदेश सरकारको उपचार कोषमा १ करोड ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । बैंकले संघिय सरकारको उपचार कोषमा ५१ लाख रुपैंया उपलब्ध गराउने घोषणा गरेको छ भने प्रत्येक प्रदेश सरकारको उपचार कोषमा .५/५ लाखका दरले सहयोग रकम हस्तान्तरण गरेको विज्ञप्तिमा उल्येख छ ।

यसअघि बैंकले विभिन्न १६ स्थानमा पानी ट्यांकी सहित हातधुने व्यवस्था गरेको थियो भने लकडाउनको कारण दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो । उक्त कार्यमा बैंकले २० लाख रकम खर्च भएको जनाएको छ । 
 

बैंकको हेटौंडा शाखाकी का.मु. शाखा प्रमुख एन्जिला श्रेष्ठको टोलिले बिहिवार मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक सहयोग हस्तान्तरण गरेका हुन् । 

सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताए । उनले यसको लागि सर्वसाधारण, उद्योगी, ब्यापारी, बैंक तथा वित्तीय संस्थाहरुको साथ आवश्यक रहेको बताए । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न तयारी तथा कामहरु गरीरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*