नेपालमा छेटौं कोरोना संक्रमित फेला
हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २२:२३
नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेको छ । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना देखिएको जनाइएको छ ।