छैटौं कोरोना संक्रमित व्यक्ति बागलुङकी महिला

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २३:०५
;

नेपालको छैटौं कोरोना संक्रमित व्यक्ति बागलुङकी एक महिला रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको र बिरामी बागलुङकी महिला भएको बताएका हुन् ।

उनी नेपालको कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उनी दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै उक्त जहाजमा आएकी हुन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरु नेपाल आएका थिए भने सो विमानमा २०५ जना यात्रु थिए । 

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । 

स्वास्थय मन्त्रालयका अनुसार  हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*