कोरोना विरुद्ध अभियानः ‘थाहाको व्यवहारिक अभ्यास’

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २३:२३
;

रुपचन्द्र विष्ट, धेरैले चिनेको नाम। र, कतिपयले उनको व्यवहार पनि चाल पाएका व्यक्ति हुन् । उनी भन्थे–‘थाहा पा भाते ।’ भात मात्र खाने काम केही नगर्ने लाई रुपचन्द्र विष्ट भाते भन्थे ।

थाहा सबैले पाउनु पर्छ भन्ने मान्यता राख्थे । साना गतिविधिहरुको पनि आफै माइकिङ गरेर थाहा दिन्थे । र, त उनको पूर्ण कदको शालिकमा उनले हातमा माइक समाएको देख्न सकिन्छ । थाहानगरको विकास घर प्राङ्गणमा पूर्ण कदको शालिक छ । विष्टको जन्मथलो हो थाहा नगरपालिका ।

नगरपालिका घोषणा हुँदा पालिकाको नाम पनि उही ‘थाहा’ राखियो । मकवानपुरको ‘थाहा’ नगरपालिकाले अहिले‘ थाहा’ लाई व्यवहारमै कार्यान्वयनमा ल्याएको छ । मुलुकमै विपदका बेला खरिद गरिएका औषधि उपकरणकोे विषयमा विवाद भैरहेको बेला थाहाले कोरोना संक्रमण रोक्न गरेका प्रत्येक क्रियाकलापको सुक्ष्म तथ्यांक राख्ने गरेको छ ।

सानातिना खर्चको पनि स्पष्ट हिसाब राख्ननगर प्रमुखलवशेर विष्टले विशेष सर्कुलर नै गरेका छन् । विपद्का बेलामा मौका छोपेर लोभ गर्नेहरु पनि हुन सक्छन्, त्यसैले यस प्रति थाहा नगरपालिका सचेत रहेको मेयर विष्ट बताउँछन् । 

कोरोना संक्रमण रोक्ने प्रयत्नका लागि नगरपालिकाले ४० लाख रुपैयाँ छुट्याएको छ । दाताहरुले पनि रकम दिएर कोष बढाइरहेका छन्, आवश्यक सामाग्री थपि दिएकाछन् । यी सबैको स्पष्ट हिसाब राखिएको मेयर विष्टले बताए । उनी भन्छन्–‘हिसाब राख्ने मात्र होइन, हामी हरेक दिन कोषको मौज्दात रकम, प्राप्त भएको रकम, सामाग्री र ति रकम खर्च भएको शिर्षक सहित दिनदिनै सार्वजनिक गर्छाैं ।’
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*