डाक्टरसहितको क्वारेन्टाइन, नाकामा हेल्थ डेस्क

थाहा नगरपालिकाले मुटुको धड्कन, ज्वरो, प्रेसर, सुगर देखाउने डिजिटल मोनिटर सहितको क्वारेन्टाइनमा ५ वटा हाइ केयर रुम बनाएको छ । २० वटा नर्मल रुम छ । हैसियत र विज्ञता अनुसारका देशैभरी नगरपालिकाहरुले क्वारेन्टाईन कक्ष निर्माण गरिरहेका छन् हामीले अलि फरक काम गरेका छौं, नगर प्रमुख विष्टले भने ।
उनी थप्छन्–‘क्वारेन्टाईन कक्ष मान्छे थुन्ने ठाउँ होइन, अत्याधुनिक र सुविधा सम्पन्न हुनुपर्छ ।’ यस्तो क्वारेन्टाईन कक्षमा विरामी र चिकित्सकलाई खाना, नास्ता र चिया बनाउन छुट्टै एकजना सहयोगीको पनि व्यवस्था गरिएको छ ।
कोरोनाको लक्षण पाका पुस्तामा पनि देखिन सक्छ उनीहरुको समेत केयर गर्न क्वारेन्टाइनमा हाइ केयरको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।
त्यस्तै गाडिको अभावमा लकडाउन पछि थाहानगरमा काठमाण्डौंबाट हिंडेरै चन्द्रागिरीबाट घर फर्किनेहरुको थाहा नगरपालिकाले चन्द्रागिरी र आग्राको भोर्लेमा हेल्थ डेस्क राखेको छ ।
हेल्थ डेस्कले आगन्तुकको ट्राभल हिस्ट्रि लिन्छ, स्वास्थ्य चेकजाँच गर्छ, थर्मागनले ज्वरो नाप्छ अनि मात्र उनीहरुले थाहानगरमा प्रवेश पाउँछन् ।
थाहा नगरपालिकाले गरेका प्रयत्नले नगरवासीमा पनि सुरक्षाको अनुभुति भएको चित्लाङका बुद्धरत्न मानन्धर बताउँछन् । ‘कोरोना भित्रिंदैन भनेर ठोकुवा त कसले गर्न सक्छ र ? तर, हामी सक्दो प्रयास गरिरहेका छौं–उप–प्रमुख खड्ग गोपालीले भने ।