मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु 

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १८:३५
;

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  मिथिला नगरपालिका-६ मगरटोलस्थित सडकमा दुर्घटना हु्रँदा मोटरसाइकल चालक धनौजी गाउँपालिका–५ का २६ वर्षीय अजयकुमार मण्डलको मृत्यु भएको हो । 

मण्डलले चलाएको प्रदेश ०२/००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*