अर्थमन्त्रालय मातहतका निकायको २१ करोड सहयोग

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १८:४८
;

सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अर्थमन्त्रालय मातहतका विभिन्न निकायले करिब २१ करोड रुपैयाँ सहयोग गरेका छन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म अर्थ मन्त्रालय मातहतका निकायबाट २० करोड ९७ लाख रुपैयाँ जम्मा भएको हो ।

यसबाहेक विभिन्न २० वटा बैंकबाट २२ करोड रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*