कोरोनाका कारण विश्वमा ५३ हजार बढिको मृत्यु

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १९:२६
;

कोरोना संक्रमणका कारण विश्वभरी ५३ हजार २ सय ३८ जनाले ज्यान गुमाइ सकेका छन्र । विश्वभर महामारीको 
रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो विवरण अनुसार संसारभरि १० लाख १६ हजार ३ सय ३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएको त्थ्याङ्क सार्वजनिक भएको छ । 

कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा बढि मानिसको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार इटालीमा १ लाख १५ हजार २ सय ४२ जना कोरोना भाइरस सङ्क्रमित छन् भने, १३ हजार ९ सय १५ को मृत्यु भएको छ । तथ्याङ्क अनुसार इटलीमा १८ हजार २ सय ७८ जनाको सफल उपचार गरीएको छ । उपचार पश्चात उनीहरु अहिले निको भएर फर्किएका छन् । 
 
स्पेनमा १ लाख १२ हजार ६५ जना सङ्क्रमित छन् भने कोरोनाका कारण १० हजार ३ सय ४८ को मृत्यु भएको छ । यसै बीच २६ हजार ७ सय ४३ निको भएर फर्किएका छन् । 

अमेरिकामा भने २ लाख ४५ हजार ३ सय ७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको तथ्याङ्क सार्वाजनिक भएको छ । अमेरिकामा १० हजार ४ सय ३ जना उपचार पश्चात निको भएर फर्किएका छन् । 

फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, ५ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार  ४२८ निको भएर फर्किएका छन् । 

चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् । 

इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार  ७११ निको भएर फर्किएका छन् । 

बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
 
नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । 

जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् । 

बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।

चीनको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणलाई लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिइ सकेको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*