खुकुरी प्रहार गर्ने तामाङ पक्राउ
खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । खुकुरी प्रहार गरी मामाको छोरालाई घाईते बनाउँने तादी गाउँपालिका ३ चौडाडा बस्ने २० वर्षीय सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
तादी गाउँपालिकाकै मामाका छोरा २२ वर्षीय विकास तामाङलाई सन्दिपले सामान्य विवादका कारण खुकुरी प्रहार गरेको जनाईएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकासलाई उपचारका लागि ग्रान्डी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










