सुरक्षाकर्मीलाई पानी व्यवसायीको प्रशोधित पानि सहयोग

लकडाउनमा सुरक्षाका लागि कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई मकवानपुरका पानी व्यवसायीहरुले प्रशोधित पानी सहयोग गरेका छन् । लकडाउनलाई कार्यान्वयन गर्न विभिन्न थानमा खटिएका सुरक्षाकर्मीहरुका लागि मकवानपुरका पानि उद्योग संचालकहरुले ३ सय कार्टून पानी सहयोग गरेका हुन् ।
मकवानपुरको हेटौंडाबाट उत्पादित अमृत जल, माइ चोइस, आक्वा इन्फिनिटी र जस्ट वाटर व्राण्डका ३ सय काटुन पानि बागमती प्रदेशको मूख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् सुरक्षाकर्मीहरुलाई उपलब्ध गराइएको हो ।
उद्योगीहरुले मुख्यमन्त्री डोरमणि पौडेल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उक्त पानी हस्तान्तरण गरेका हुन् । लकडाउनका कारण आफ्नो कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुका लागि आवश्यक पानि समेत किन्ने ठाउँ नभएको र प्रशासनले आपतकालिन अवस्थामा समेत पानि उपलब्ध गराउन गाह्रो परेकाले व्यवसायीहरुले पानि सहयोग गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको कन्दी्रय सदस्य तथा पानि व्यावसायी राजकुमार न्यौपानेका अनुसार मुख्यमन्त्री कार्यालयमा १ सय कार्टून र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ सय कार्टून पानी उपलब्ध गराइएको हो बताए ।
व्यवसायीहरुले यस अघि पनि विभिन्न प्रहरी विट तथा चोकहरुमा स्टल सहित पानि वितरण गरीरहेका छन् ।











