बोलेरो दुर्घटना हुँदा पाँच जना घाईते 

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार २०:१७
;

दोलखाको गौरीशंकर गाँउपालिका वडा न ५ सुरीमा बोलेरो जीप दुर्घटना हँदा सो जीपमा सवार सबै पाँच जना नै घाईते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र सुरीमा बिरामी लिएर आउने क्रममा बा १८ च ५१४८ नम्बरको बोलेरोे सडकबाट करिब चार सय मिटर तल खसेको थियो । 

दुर्घटनामा बोलेरो चालक ३५ वर्षका प्रेम बहादुर गुरुङसहित वर्ष ५५ का रमेश गुरुङ, वर्ष ४० का गोविन्द गुरुङ, वर्ष २५ का पवन गुरुङ र वर्ष ४० का दाङिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुजित तामाङले जनाएका छन् । 

घाईते मध्ये चालक प्रेम बहादुर गुरुङको अवस्था गम्भिर रहेको जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*