नेपालमा सातौं कोरोना संक्रमित फेला 

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार २१:११
;

नेपालमा कोरोना भाइरसका सातौं संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्किका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । कास्कीमा स्थापित प्रयोगशालामा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रदेशका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए ।

नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु सबै विदेशबाट आएका हुन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*