वडाको अगुवाईमा वडाका विपन्न परिवार राहत

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार २१:४५
;

हेटौडा उपमहानगरपालिका–४ को अगुवाइमा विभिन्न संस्थाहरुले वडा भित्र वसोवास गर्दै आएका अति विपन्न परिवारहरुलाई राहत वितरण गरीएको छ । हेटौंडाका दैनिक ज्याला गरी जिविकोपार्जन गर्दै आएका अतिविपन्न करिव ३ सय ५० घर परिवारलाई वडा कार्यालयको अगुवाईमा राहत वितरण गरीएको हो ।

""

वडा कार्यालयको अगुवाईमा युवा क्लव ४ नम्वर वडा कमिटी, टोल विकास संस्था, रोट्रयाक्ट क्लव, रोटरी क्लव ,मदन भण्डारी स्पोर्ट्स एकेडेमी, हाइकर्स क्लव, रेडक्रस उपशाखा हेटौंडा–४, प्रतिभा नगर टोल विकास संस्था, सुर्य नेपाल पंक्षि फर्म, लायन्स क्लब, नारायणी यातायात व्यवसायी संघ लगायतका संघ संस्थाको सहयोगमा राहत सामग्री वितरण गरीएको हो । 

कोरोना भाइरस संक्रमणको जोखिम रोकथामका लागि सरकारले गत चैत ११ गते देखि देशभर गरेको लकडाउनका कारण वडा भित्र बसोबास गर्दै आएका अति विपन्न श्रमिक, मजदुरहरुको दैनिकी कट्कर बन्दै गएकाले राहत सामग्री वितरण गरीएको युवा क्लव ४ नम्वर वडा कमिटीका अध्यक्ष रोजन घिमीरे बताउछन् । संस्थाहरुले वडा भित्रका विपन्न करिव ३ सय ५० परिवार सहित हेटौंडा–११ मा अवस्थित  मामाघर नेपाललाई खाद्यान्न सामग्री सहयोग गरियो घिमीरेले बताए ।

घिमीरेका अनुसार राहत सामग्रीमा प्रती परिवार चामल १० किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ पाकेट, बटाई चराको अण्डा २० वटा, साबुन १ थान, मछ्ड धुप १ पाकेट,  सहयोगी गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*