२१ वर्षीय यूवतीलाई जर्बजस्तिकरणी गरेको आरोपमा रावत पक्राउ
हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार २१:४६
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षिय भुवन रावतलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।