अस्ट्रेलिया चाटर्ड उडानमा भ्रष्टाचार भएको भन्दै उजुरी
नागरिक अनुसन्धान ब्युरोले नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चाटर्ड उडानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
नेपालमा रहेका अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजान नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको तर कमिसनका लागि त्यसमा ट्राभल एजेन्सी सामेल गरी रकम निकासा भएको आधारमा अख्तियारमा उजुरी परेको हो ।
अस्ट्रेलिया दूतावासले नेपाल वायुसेवा निगमको जहाज डाइरेक्ट चार्टर गरी लाने भनिए पनि निगमले बोन ट्राभल्स घुसाई कानुन विपरीत निगम कर्मचारीले ४५ लाख रुपैयाँ कमिसन खाएको आरोप लगाइएको छ । ब्युरोले यस विषयको सक्कल कागजात जफत गरी आवश्यक अनुसन्धानका लागि अनुरोध गरेको छ ।